मुख्यमन्त्री पाण्डेले अन्तराष्ट्रिय मानव अधिकार दिवसको दिन पश्चिम रुकुमका नवराज बिकलाई सम्झिए

हेटौडा न्युज
२४ मंसिर २०७८, शुक्रबार १६:५६
;

मकवानपुर । ७३ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार रास्ट्रीय कार्ययोजनाको कार्यनयन अवस्था सम्बन्धि कार्यशाला हेटौंडामा भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलले अहिले पनि समाजमा भेदभावको परम्परा कायमै रहेको बताए । उनले पश्चिम रुकुममा नवराज बिक सहितको समुहिक हत्याको घटनालाई सम्झदै भने “पश्चिम रुकुममा विवाह गर्न गएका नवराज बिक सहितका साथिहरुको जातको आधारमा हत्या भयो, आधुनिक युगमा समेत भेदभाव र मानव अधिकार उल्लङ्घनका घटना घटिरहेका छन् ।”

उनले अहिलेको युगमा समेत मानव अधिकार उल्लङ्घनका घटनाहरु भईरहेको बताए । उनले मानव अधिकारको कार्यान्वयन गर्न सबैले पहल गर्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*