४५ किलो लागूऔषध गाँजा नियन्त्रणमा

हेटौडा न्युज
२५ मंसिर २०७८, शनिबार १७:५४
;

मकवानपुर । प्रहरीले ४५ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

शुक्रबार साझ  राक्सिराङ–३ कठारी स्थित भित्री सडक खण्डमा लागुऔषध गाँजा ओसारपसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलीले लागूऔषध गाँजा ४५ किलो नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीलाई देखी बोरा बोकी हिडेका अज्ञात दुई जना ब्यक्तिले बोरा फालि भागेकोमा उक्त दुई वटा बोरा चेकजाँच गर्दा लागूऔषध गाँजा ४५ किलो फेला परेको मकपानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिएका छन् । फरार ब्यक्तिहरुको खोजतलाश कार्य भईरहेको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*