काङ्ग्रेस निर्वाचन उम्मेदवारहरूले मत माग्न थाले
मकवानपुर । नेपाली काङ्ग्रेसको नयाँ नेतृत्वका लागि आवश्यक १ सय ३४ जनाका लागि झण्डै साढे ५ सय आकांक्षीले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन तालिकाअनुसार मनोनयन फिर्ताको समय बिहान ११ बजेसम्मलाई र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ । नेतृत्वका लागि भिडेका उम्मेदवारहरूले मत माग्न थालिसकेका छन् ।
आ–आफ्नो प्यानअनुसार समूह–समूह बनाएर कार्यकर्ताहरूले प्रचारप्रसार अभियान थालेका छन् । उम्मेदवारको तस्बिरअंकित टोपी, प्रचारसामग्री बोकेर आफ्ना पक्षका नेतालाई जिताउन बाजागाजासहित उनीहरूले मत मागिरहेका छन् ।