विद्यार्थी नेता शिवाकोटी अखिल क्रान्तिकारी बागमती प्रदेशको सचिवमा चयन
मकवानपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीका नेता रामकृष्ण शिवाकोटी अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटीको सचिवमा चयन भएका छन् ।
अखिल क्रान्तिकारी केन्द्रीय कमिटीले एक सूचना जारी गर्दे अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटीको पदाधिकारी तथा सदस्यहरु चयन गरिएको जानकारी दिएको छ । कमिटीको अध्यक्षमा सुरज सिंह ठकुरी, उपाध्यक्षमा दिनेश सुवेदी, मिङ्गोर शेर्पा, विमल तामाङ र मुना काप्री चयन भएका छन् । यस्तै कमिटीको प्रमुखसचिवमा रन्जित आचार्य , सचिवमा रामकृष्ण शिवाकोटी, किरण सिम्खडा, रोशन रिजाल, पदम तामाङ र दिर्घा वाईवा रहेका छन् ।
मकवानपुरमा रहेर सक्रिय विद्यार्थी राजनीति गर्दे आएका शिवाकोटी बागमती प्रदेश कमिटीको सचिवमा चयन भएका छन् । २०७१ सालबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका शिवाकोटी अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस कमिटीको अध्यक्ष समेत भईसकेका छन् ।