काङ्ग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने
मकवानपुर । नेपाली काङ्ग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ ।
दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पु¥याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो । काङ्ग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।
आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २ हजार ३ सय ४० मत चाहिन्थ्यो । तर सबैभन्दा धेरै मत ल्याएका देउवाले २ हजार २ सय ५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १ हजार ७ सय ४९ मत ल्याएका छन् । तेस्रो भएका प्रकाशमान सिंह श्रेष्ठ, चौथो भएका विमलेन्द्र निधि र पाँचौ स्थानका कल्याण गुरुङ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।