लोक सेवा आयोगले माग्यो २ सय ८४ जना शाखा अधिकृत
मकवानपुर । लोक सेवा आयोगले २ सय ८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ ।
कर्मचारी समायोजनको विवाद अदालतबाट निरुपण हुन नसकेको अवस्थामा लोक सेवा आयोगले २ सय ८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको हो । लोक सेवा आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलतर्फ ७० गरी कूल २ सय ८४ जना अधिकृतको विज्ञापन गरेको हो । लोक सेवाले यसअघिका दुई तहको प्रतिस्पर्धा टुङ्ग्याएर सरकारलाई नियुक्तिका लागि सिफारिस गर्न सकेको छैन ।
त्यतिबेलाको विवाद कायमै रहेका बेला आयोगले फेरि नयाँ भर्ना प्रक्रिया थालेको हो । यसअघि परीक्षा नै नभएका र परीक्षा दिएर नाम सिफारिस हुन बाँकी रहेकाहरुको विषयमा मुद्दा परेका कारण प्रक्रिया अघि बढेको छैन । कर्मचारी समायोजनसम्बन्धी ती विवादहरुको एकमुष्ट सुनुवाइका लागि विहीबार पेशी तोकिएको छ । बुधबार विज्ञापन खोलिएका पदहरुका लागि आगामी माघ २९ गते प्रारम्भिक परीक्षा छ । तर न्यायसेवामा प्रतिस्पर्धा गर्नेहरुले भने प्रारम्भिक परीक्षा दिनुपर्ने छैन ।
हेर्नुहोस् विज्ञापन










