बागमती प्रदेश सरकारलाई सोध्नुस् ‘देशको क्षेत्रफल कति हो’ ?

हेटौडा न्युज
२९ मंसिर २०७८, बुधबार ११:३०
;

मकवानपुर । बागमती प्रदेश सरकार आफ्नै देशको नक्सा र क्षेत्रफल बारे अनिभिज्ञ रहेको छ ।

नेपालको संघीय संसदले २०७७ जेठ ७ गते नै २ तिहाई मतले लिपुलेक, लिम्पियाधुरासहितको नेपालको क्षेत्र निर्धारण गरेको थियो । सो अनुसार वर्तमान नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर हुने समेत उल्लेख छ ।

तर बागमती प्रदेश सरकारले यो केही थाहा नै पाएको छैन । प्रदेशको आधिकारिक वेबसाईटमा पुरानै क्षेत्रफल अर्थात १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर नै उल्लेख गरेर आफ्नो परिचय सार्वजनिक गरिरहेको छ ।

देशको प्रदेश सरकार नै आम नागरिकलाई गलत सूचना र तथ्याङ्क दिईरहेको छ । बागमती प्रदेश सरकारले नेपालको कूल क्षेत्रफलबाट ३ सय ३५ वर्गकिलोमिटर नै गायब हुनेगरी आफूलाई परिचित गराईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*