रामचन्द्र पौडेलले शेरबहादुर देउवालाई दिए बधाई
मकवानपुर । नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
एकताबद्ध काङ्ग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै पौडेलले देउवालाई बधाई दिएका हुन् । लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई अस्थीरतातिर धकेल्ने प्रपञ्च जारी रहेको बताउँदै पौडेलले यी खतराबाट पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेस आवश्यक रहेकामा जोड दिएका छन् ।
सबैलाई समेटेर सशक्त र एकताबद्ध काङ्ग्रेस निर्माणमा ध्यान दिन सभापति देउवालाई आग्रह गरेका छन् ।