जर्मनीद्वारा नेपाललाई साढे ४१ लाख डोज खोप प्रदान

हेटौडा न्युज
१ पुष २०७८, बिहीबार १२:५६
;

मकवानपुर । जर्मनीले कोभिड–१९ महामारीविरुद्ध नेपाललाई मोडर्ना र जोन्सन एन्ड जोन्सन खोप गरी साढे ४१ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ ।

जर्मनीका राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २ सय ५० डोज खोप प्रदान गरे । कोभ्यासमार्फत सो परिमाणको खोप नेपालले प्राप्त गरेको हो । मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइने भएको छ ।

एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६ सय ५० डोज पनि काठमाडौं आइपुगेको छ । २१ लाख ७६ हजार जोन्सन खोपमध्ये यो पहिलो खेप नेपाल आएको हा े। यसअघि आइतबार १९ लाख ६५ हजार ६ सय डोज खोप नेपाल आइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*