रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
मकवानपुर । रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
नेपाली काङ्ग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।
अहिले काङ्ग्रेस महामन्त्री पदको मतगणना जारी छ । शेखर कोइरालाको प्यानलबाट उठेका मिनेन्द्र पाँचौ स्थानमा छन् ।