दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

हेटौडा न्युज
१ पुष २०७८, बिहीबार १५:३९
;

मकवानपुर । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अङ्कले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अङ्कमा झरेको छ । कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार साढे २ अर्ब पनि पुग्न सकेन ।

दिनभर भएका ३७ हजार २ सय ३६ कारोबारबाट २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँमा रोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*