सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

हेटौडा न्युज
२ पुष २०७८, शुक्रबार १४:४९
;

मकवानपुर । ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको लहानमा मोटरसाइकलमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सप्तरीको बलान बिहुल गाउँपालिका २ दिघियाका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन् । भने एक जना घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डाक्टर तपन कुमार दाहालका अनुसार लहान नगरपालिका ३ मा बिहीवार दिउँसो स १ क २६२ नम्बरको टिपरले ठक्कर दिएपछि प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको मृत्यु भएको हो । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*