आइतबार सार्वजनिक बिदा
मकवानपुर । आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा देशभर सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् ।











