प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।
एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न आज अपराह्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । तर बैठकमा एमाले सहभागी नहुने सो पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले बताए । यसअघि २८ जेठमा सभामुखले र १४ असोजमा प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिए ।
ती बैठकमा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएकाले एमाले नेताहरुले बैठक बहिस्कार गरेका थिए ।