दुर्घटनामा नेताको मृत्यु भएपछि स्थानीयले गरे प्रदर्शन, तीन राउण्ड अश्रुग्यास प्रहार

हेटौडा न्युज
५ पुष २०७८, सोमबार १५:३२
;

मकवानपुर । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतबारराति भएको दुर्घटनाका दोषीलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

प्रदर्शनको क्रममा स्थानीयले ठक्कर दिन टिपर तोडफोड गर्दै प्रहरी चौकीमा समेत ढुंगामुढा गरेका छन् । हिमालीवासमा आइतबार राति ८.३० बजेको समयमा ना.८ख ४२०२ नम्बरको टिपरले ना.१८प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माओवादीका स्थानीय नेता खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । चौधरीको मृत्यु पश्चात प्रहरीले मुचुल्का नै नगरी शवलाई पोष्टमार्टम गर्न पठाएको र दोषीलाई जोगाउन स्थानीय चौकीका प्रमुखले भूमिका खेलेको आरोप उनीहरुको छ ।

प्रहरी निरीक्षक विष्णु विश्वकर्माले चौधरीको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा त्यसो नगरेको स्थानीयको आरोप छ । मृतकका आफन्त तथा स्थानीयवासीले सोमबार बिहानदेखि विजयपुरमा प्रर्दशन गरेका थिए । प्रदर्शनकारीले प्रहरी चौकीमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्दै तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रर्दशनका क्रममा २ जना प्रहरी घाइते भएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । प्रहरीको लाठी प्रहारबाट स्थानीय मुक्ति पटेलको टाउको फुटेको छ । घटना पश्चात फरार भएका टिपरका चालक भरतलाल रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको रौतहटका एसपी विनोद घिमिरेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*