मकवानपुरमा दुई दिनमा ९ हजार १ सय विद्यार्थीले लगाए मोडर्ना खोप

हेटौडा न्युज
६ पुष २०७८, मंगलवार ११:१४
;

मकवानपुर । मकवानपुरमा १२ वर्ष देखि १७ वर्षसम्मको बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड) विरुद्धको मोडर्ना खोप लगाउने अभियानमा दुई दिनमा ९ हजार १ सय विद्यार्थीले खोप लगाएका छन् ।

पुस ४ गते बाट सुरु भएको खोप लगाउने अभियानमा दुई दिनमा ९ हजार १ सयले मात्र खोप लगाएको तथ्याङ्क प्राप्त भएको जिल्ला स्वास्थय कार्यलय मकवानपुरका जनस्वास्थ्य निरीक्षक वाशुदेव रिमालले जानकारी दिए । उनले पहिलो दिन हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका भित्रका १२ देखि १७ वर्ष सम्मका ३१ सय विद्यार्थीले खोप लगाएको जानकारी आएको बताए । यसैगरि उनले दोस्रो दिन पुस ५ गते हेटौंडा उपमहानगरपालिका,कैलाश र बागमती गाउँपालिका भित्रका ६ हजार बालबालिकाले खोप लगाएको बताए ।

उनले भनेः विद्यार्थीलाई खोप लगाउने तीन दिने कार्यक्रम अन्तर्गत १० वटै स्थानीय तहमा अभियान चलिरहेको छ । आईतबार केहि स्थानीय तहको विद्यालयमा सार्वजनिक विदाको कारण विद्यालयमा खोप लगाउने कार्यक्रम हुन सकेको थिएन । आज सबै स्थानय तहको विद्यालयमा खोप लगाउने कार्यक्रम छ । अनलाईन दर्ता गररे खोप लगाउनु पर्ने हुँदा इन्टरनेटको समस्या कारण तथ्याङ्क आउन ढिलाई भएको र आज बेलुका सम्म कुन स्थानीय तहमा कति विद्यार्थीले खोप लगाए भन्ने जानकारी प्राप्त हुने जनस्वास्थ्य निरीक्षक रिमालले बताए । उनले विद्यालयमै पुगेर खोप लगाउने तीनदिने अभियानको आज अन्तिम दिन भएको बताए । उनले आज पनि छुट भएका बालबालिकाहरुलाई सम्बन्धित स्थानीय तहले पुस १३ गतेसम्म खोप लगाउन सक्ने व्यवस्थापन मिलाईएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*