एमसीसी सम्झौतालाई अघि बढाउनु सरकारको दायित्व हो: गृहमन्त्री खाण

हेटौडा न्युज
६ पुष २०७८, मंगलवार १२:१०
;

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाणले एमसीसी गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना भएकाले सम्झौता अघि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।

मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग उनले एमसीसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरू भएको बताए । उनले भने, ‘नेपालको विकासका लागि पूर्ववर्ति सरकारहरूको पालामै एमसीसी अगाडि बढेको हो । सरकार र एमसीसी परियोजनाको बीच धेरै वर्षअघि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अघि बढाउनु सरकारको दायित्व हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*