शिक्षक सेवा आयोगले माग्यो निमावि तहमा २ हजार ५ सय ९८ स्थायी शिक्षक
मकवानपुर । शिक्षक सेवा आयोगले निमावि तहमा २ हजार ५ सय ९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएको एक साता नबित्दै शिक्षक सेवा आयोगले बुधबार निमावि तह (निमावि तृतीय श्रेणी) मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो । जारी सार्वजनिक सूचनाअनुसार सबैभन्दा बढी अङ्ग्रेजी विषयमा ६ सय २४ जना शिक्षकका लागि दरखास्त आह्ववान भएको छ ।
त्यस्तै, नेपाली विषयमा ४ सय ३७, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ४०, सामाजिक अध्ययनमा ३ सय ५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३ सय ६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि कोटा छुट्याइएको छ । ६ माघसम्म नियमित र १० माघसम्म विलम्ब शुल्क बुझाएर दरखास्त दिन सकिनेछ । १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेकाले आवेदन दिन पाउँनेछन् । परीक्षा १७ चैतमा हुनेछ ।