एमालेले अवरोध गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालकालागी स्थगित
मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेले बिहिबार दोस्रो दिन पनि अवरुद्ध गरेको छ ।
बुधबार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले बिहिबार पनि बैठक अवरुद्ध गरेको हो । बैठक शुरु भए लगतै नेकपा एमालेका सांसदहरु उठेका थिए । बैठकमा सांसद केशव पाण्डेले नेकपा एमालेले बुधबार उठाएका प्रश्नहरुको जवाफ नदिएसम्म संसद चल्न नसक्ने जनाएका थिए । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले विहिबार प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने कार्यसूचि रहेको जानकारी गराएका थिए ।
तर मूख्यमन्त्री राजेन्द्र पाण्डेले एमालेले उठाएका प्रश्नको जवाफ नदिएसम्म संसद अवरुद्ध जारी रहने बताए । सभामुख श्रेष्ठले प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।