बितेको ५ महिनाको अवधिमा ३ सय ६७ जना प्रहरी कर्मचारीविरुद्ध उजुरी

हेटौडा न्युज
१३ पुष २०७८, मंगलवार १४:१४
;

मकवानपुर । बितेको पाँच महिनाको अवधिमा कार्यसम्पादनमा प्रश्न उठाउँदै ३ सय ६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ ।

साउनदेखि मंसिरसम्म अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा ती उजुरी परेका हुन् । उजुरी परेका मध्ये १ सय ३८ वटा विषय अझै छानविनका क्रममा रहेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । उनका अनुसार २ सय २९ वटा घटनाको छानबिन सकिएको छ ।

कारबाहीमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) ३, प्रहरी नायब उपरीक्षक (डीएसपी) ४, प्रहरी निरीक्षक (इन्स्पेक्टर) १२, प्रहरी नायब निरीक्षक (सई) ४६ र प्रहरी सहायक निरीक्षक (असई) ४६ जना छन् । त्यस्तै, ३ सय ५ जना हवल्दार कारबाहीमा परेका छन्, ६ सय ७५ प्रहरी जवान र १४ प्रहरी कार्यालय सहयोगी कारबाहीमा परेका छन् । प्रहरी प्रवक्ता कुँवरका अनुसार सजाय पाउनेको सङ्ख्या पनि २१.२९ प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*