गएराती देखिको लगातारको वर्षा पछि देशका विभिन्न स्थानमा हिमपात

हेटौडा न्युज
१४ पुष २०७८, बुधबार १२:५७
;

मकवानपुुर । गएराती देखिको लगातारको वर्षा पछि देशका विभिन्न स्थानमा हिमपात भएको छ ।

वर्षा सुरु भएपनि मकवानपुरको सीमभञ्ज्याङ, अघोर, काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भइरहेको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने सीमभञ्ज्याङ र अघोरमा हिमपात भएपछि हेटौंंडा–काठमाण्डौ जोड्ने सडक अवरुद्ध भएको छ ।

हिमपात भएपछि त्यहाँका किसान तथा व्यवसायीहरु भने खुसी भएका छन् । हिउ खेल्न जानेहरुका कारण आन्तरीक पर्यटन प्रवर्दन हुने व्यवसायीहरुको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*