पेस्तोल सहित एकजना पक्राउ
मकवानपुुर । एक थान पेस्तोल सहित सुनसरीको दुहवी नगरपालिका–३ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–१२ खनारका ३४ बर्षीय शुसिल शाह रहेका छन् । शाहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राती साँढे १० बजे दुहवी–३ बाट शाहलाई पक्राउ गरेको हो ।
शाहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ । हतियार सहित पक्राउ परेका शाहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










