बुधवार मकवानपुरमा नयाँ सङ्क्रमित शुन्य , ५ जनाले जिते कोरोना
मकवानपुर । बुधवार मकवानपुरमा ५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित नथपिएको र २ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार २ सय ९७ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा एक सय ३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।
Poush-2078-09-14









