र्यापर लाउरे पोखरामा पक्राउ
मकवानपुुर । चर्चित र्यापर आशिष राना ‘लाउरे’ पोखरामा पक्राउ परेका छन् ।
लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरेले लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । उनीबाट लागूऔषध बरामद भने भएको छैन ।
पोखराको न्यूरोडबाट लाहुरेसहित ४ जना पक्राउ परेका थिए । उनी चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायकसमेत हुन् ।










