मकवानपुुरमा टाटा सुमो दुर्घटना, ३ जना घाईते

हेटौडा न्युज
१६ पुष २०७८, शुक्रबार १५:३९
;

मकवानपुुर । ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ सिमखोला नजिक टाटा सुमो दुर्घटनामा परि ३ जना घाईते भएका छन् ।

विरंगजबाट हेटौंडा हुँदै काठमाण्डौ जादैँगरेको प्रदेश नम्बर २–०३–००१ ज,०१३० नम्बरको सुमो ब्रेक फेल हुँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रवक्ताप्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार सुमाकोे ‘ब्रेक फेल’ भई अनियन्त्रित भएर दुर्घटना हुँदा टाटासुमो सडकबाट करिब ७ मिटर तल खसेको छ ।

सुमोमा चालक सहित ८ जना सवार रहेकोमा दुर्घटनामा दुई जना महिला र एक जना पुरुष गरेर ३ जना घाईते भएका छन् । उनिहरुको हात र खुट्टामा चोट लागेको र थप उपचारको लागि काठमाण्डौ पठाईएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*