देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३५ जनामा कोरोना पुष्टि
मकवानपुुर । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ८५ जनाको पीसीआर परीक्षण गर्दा २ सय २४ जना र १ हजार १ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको ले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । भने २ सय १२ जना सङ्क्रमणमुक्त भएका छन् ।










