जुवाको खालबाट प्रशासकीय अधिकृतसहित १३ जना पक्राउ

हेटौडा न्युज
१८ पुष २०७८, आईतवार ०९:५७
;

मकवानपुुर । जुवाको खालबाट जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना पक्राउ परेका छन् ।

भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र नेपाली कङ्ंग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढा पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

भेरीनगरपालिका–४ गैरीखालीबाट आज बिहान उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ लाख ५२ हजार नगदसमेत बरामद भएको एसपी श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*