सिराहाका प्रहरी प्रमुख पाण्डकोे जिम्मेवारी खोसियो
मकवानपुुर । सिराहाका प्रहरी प्रमुख हिराबहादुर पाण्डे जिम्मेवारीबाट हटाइएका छन् ।
उनको प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा भएको हो । पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए ।










