शीतलहरका कारण धनुषा र सप्तरीमा एकएक जनाको मृत्यु

हेटौडा न्युज
२१ पुष २०७८, बुधबार १०:४१
;

मकवानपुुर । शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए ।

यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*