बुधवार मकवानपुरमा ३ जनाले जिते कोरोना

हेटौडा न्युज
२१ पुष २०७८, बुधबार १४:५९
;

मकवानपुर । बुधवार मकवानपुरमा ३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ५ सय ९१ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय १३ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ११ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।

Poush-2078-09-21-1

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*