चिसोका कारण एक वृद्धाको मृत्यु

हेटौडा न्युज
२२ पुष २०७८, बिहीबार ०७:४९
;

मकवानपुुर । चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए ।

चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर बिरामी आउन थालेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*