मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुुर । मोटरसाइकल दुर्घटना हुँदा कैलालीको लम्कीमा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको क्रेनसँग से ४ प ६०२१ नम्बरको मोटरसाइकल ठोक्किंदा कञ्चनपुरको बेलौरी नगरपालिका ५ का नेघुलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोही दुर्घटनामा पैदल यात्री भुवन सिंह भाट घाइते भएका छन् ।










