बालिकाको शव फेला

हेटौडा न्युज
२४ पुष २०७८, शनिबार १२:३८
;

मकवानपुुर । वीरगञ्ज महानगरपालिका वडा नम्बर –१६ नगवामा एक बालिकाको शव भेटिएको छ ।

वीरगञ्ज–१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्नेलगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक खनालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*