१ सय ८३ किलो लागूऔषध गाँजा र गाडी सहित एकजना पक्राउ

हेटौडा न्युज
२७ पुष २०७८, मंगलवार १४:२१
;

मकवानपुुर । प्रहरीले १ सय ८३ किलो लागूऔषध गाँजा र गाडी सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर–२ बस्ने ३० वर्षीय रामचन्द्र सिङ्तान रहेका छन् । सोमवार साँझ भिमफेदी गाउँपालिका वडा नम्बर–२ भैंसे स्थित चेक पोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा पालुङ तर्फबाट हेटौडा तर्फ आउँदै गरेको प्रदेश ३–०१–००२२ च ३५५६ नम्बरको पिकअप गाडिमा लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा १ सय ८३ किलो फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लागुऔषध गाँजा र गाडी सहित सिङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*