६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न अर्थमन्त्रीकोे आग्रह

हेटौडा न्युज
२७ पुष २०७८, मंगलवार १५:०५
;

मकवानपुुर । आर्थिक वर्ष २०७८–०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयहरुलाई आग्रह गरेका छन् ।

मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८–०७९ को अहिलेसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो आग्रह गरेका हुन् । उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताए । मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न आग्रह गर्दै बजेट खर्च गर्न आग्रह गरे । उनले ठूला योजनामा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडी बढाउनुपर्नेमा जोड दिए । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाई छ ।

उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता समेत औँल्याए । फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै उनले अब डिजिटल माध्यममा लैजानुपर्ने बताए । पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच, सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*