झन्डै १२ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

हेटौडा न्युज
२७ पुष २०७८, मंगलवार १७:२९
;

मकवानपुुर । कोभिडविरुद्धको झन्डै १२ लाख डोज भेरोसेल खोप आज चीनबाट काठमाडौं आइपुगेको छ

एसियाली विकास बैंकको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार नेपालले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसनसहितको चार करोड ३ लाख ८७ हजार ९ सय २७ मात्रा खोप प्राप्त गरेको छ । सरकारले खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ६४ लाख पाँच हजार २ सय १० मात्रा खोप लगाएको छ ।

जसमा लक्षित समुहले ७६ दशमलव २ प्रतिशतले एक मात्रा र ५६ दशमलव ४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । कूलजनसङ्ख्याको ४९ दशमलव ९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । सरकारले माघ दोस्रो सातादेखि बुस्टर डोज अभियान सुरु गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*