दूधको मूल्य प्रतिलितर १० रुपैयाँ वृद्धि गर्न मन्त्रालयलाई सिफारिस

हेटौडा न्युज
२८ पुष २०७८, बुधबार १५:४५
;

मकवानपुर । दूधको मूल्य प्रतिलितर १० रुपैयाँ वृद्धि हुने भएको छ ।

हाल प्रतिलितर दूधको मूल्य ७६ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ मूल्य बढेर ८६ रुपैयाँ पुग्नेछ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका प्रवक्ता डाक्टर बालक चौधरीले प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको बताए । यसभन्दा पहिले २०७३ सालमा प्रतिलिटर ६ रुपैयाँ दूधको मूल्य वृद्धि भएको उनले बताए । बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले छलफलग गरेर नयाँ दूधको मूल्य कायम हुने चौधरीले जानकारी दिए । यसअघि बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डले पनि ूधको मूल्य प्रतिलितर १० रुपैयाँ वृद्धि गर्न संघीइ सरकारलाई सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*