२० किलो ५ सयग्राम लागूऔषध चरेस र १० किलो गाँजाको धुलो सहित ३ जना पक्राउ

हेटौडा न्युज
२८ पुष २०७८, बुधबार १६:०१
;

मकवानपुर । प्रहरीले २० किलो ५ सयग्राम लागूऔषध चरेस, १० किलो गाँजाको धुलो र पिकअप गाडी सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नम्बर–६ बस्ने ३३ वर्षीय सन्त बहादुर थिङ, २७ वर्षीय ललित बहादुर थिङ र चितवन जिल्ला राप्ती नगरपालिका वडा नम्बर–११ भण्डरा बस्ने २८ वर्षीय तामाङ रहेका छन् ।

मङ्गलवार मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानी स्थित पूर्व पश्चिम सडक खण्डमा चितवन बाट हेटौडा तर्फ आउदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडीलाई चेकजाँचगर्ने क्रममा लुकाई छिपाई ल्याएको २० किलो ५ सयग्राम लागुऔषध चरेस र १० किलो गाँजाको धुलो फेला परेको प्रहरीले जनाएको छ । उक्त लागुऔषध चरेस, गाँजाको धुलो र पिकअप गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*