हेटौंडामा नारायणी संघको माक्स अभियान शुरु

हेटौडा न्युज
३० पुष २०७८, शुक्रबार १६:२३
;

मकवानपुर । पुरानो नारायणी यातायात कम्पनी प्रालिको संयोजनमा हेटौंडा–१० स्थित बसपार्कमा माक्स अभियान शुरु गरिएको छ । कोरोना न्युनिकरणका लागि जिल्लाका मुख्य संघसंस्थाहरुलाई विभिन्न स्थानमा कोरोना सम्बन्धि जनचेतना फैल्याउने पर्चापम्प्लेट वितरण गर्ने र निशुल्क मास्क वितरण गर्ने डिसिसीएमसीको निर्णय गरेको थियो ।

अभियानको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले हेटौंडा १० बसपार्कमा रहेका पसल तथा सार्वजानिक बसका यात्रुहरुलाई माक्स वितरण गर्दै सो क्षेत्रका सर्वसाधारण, यात्रु तथा व्यवसायीहरुलाई अनिवार्य मास्क प्रयोगका लागि आग्रह गरेका थिए । डिसिसीएमसीको निर्णय अनुसार मकवानपुरका विभिन्न ९ स्थानमा माक्स वितरण कार्यक्रम गरिने भएको छ ।

अभियान शुरुवात गर्ने कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ, यातायात कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोजकुमार खनाल लगायतको सहभागिता रहेको थियो ।

तस्वीरहरुः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*