बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
मकवानपुर । बसको ठक्करबाट कलङ्कीमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुमपूर्व घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा शनिवार बेलुकीे मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई शनिवार बेलुकीे कलंकीमा ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगर घाइते भएका छन् । उनको उपचार पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।










