माघ १५ गतेसम्मलाई हल, रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय

हेटौडा न्युज
२ माघ २०७८, आईतवार १५:३८
;

मकवानपुर । सरकारले कोभिड सङ्क्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए । यीलगायत भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*