आइतवार मकवानपुरमा ४० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२ माघ २०७८, आईतवार १६:४०
;

मकवानपुर । आइतवार मकवानपुरमा ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६० जनाको एन्टिजेन परिक्षण गर्दा ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ९ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ४६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ४ सय ६४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६८जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*