गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु

हेटौडा न्युज
३ माघ २०७८, सोमबार ११:०६
;

मकवानपुर । गुडिरहेको ट्याक्टरबाट लडेर सर्लाहीमा गोडैता नगरपालिका–४ रोहवामा ट्याक्टर चालकको मृत्यु भएको छ ।

आइतबार राति ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नपा ७ धमौरा घर भई, हाल गोडैता नपा बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको हो । ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेका थिए । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*