लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण

हेटौडा न्युज
५ माघ २०७८, बुधबार ११:०५
;

मकवानपुर । लुटेरा समूहले धनुषाको बटेश्वरमा गाउँपालिका–४ मा प्रहरीमाथि आक्रमण गरेको छ ।

मंगलबार राति प्रहरी सहायक निरीक्षक मनोज पोखरेलमाथि लुटेरा समूहले आक्रमण गरेका हुन् । धनुषाका एसपी वसन्त रजौरेका अनुसार आक्रमणबाट प्रसनि पोखरेल घाइते छन् । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएका पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको छ । भारतबाट फर्केर ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका ७ का अमित पासमानलाई लुटपाट गरेका थिए ।

घटनास्थल पुगेर संलग्नहरूलाई पक्राउ गर्न खोज्दा प्रसनि पोखरेलमाथि आक्रमण भएको बताइएको छ । लुटपाट गर्ने व्यक्तिलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले प्रसनि पोखरेलमाथि आक्रमण गरेको एसपी रजौरले बताए । घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*