पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुद्वारा प्रदर्शन
मकवानपुर । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेका छन् ।
‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । क्याम्पस परिसरबाट सडकमा निस्किएका उनीहरुलाई प्रहरीले रोकेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३÷३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।
नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १ सय २२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १ सय ६ रुपैयाँ कायम गरिएको छ ।










