शुक्रवार मकवानपुरमा १ सय ९६ जनामा कोरोना पुष्टि

मकवानपुर । शुक्रवार मकवानपुरमा १ सय ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ७९ जनाको पीसीआर र १ सय १६ जनाको एन्टिजेन गरी जम्मा २ सय ९५ जनाको कोरोना परिक्षण गर्दा १ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १६ हजार ८ सय ९७ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ७४ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ हजार ३ सय ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ७० जनाको मृत्यु भएको छ ।