जिल्ला प्रशासन कार्यालय मकवानपुरको अत्यावश्यक बाहेकका सेवा स्थगित
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सेवा माघ १४ गते सम्मका लागी स्थगित गरिएको छ ।
माघ ९ गते आइतबारबाट ६ दिन नयाँ नागरिकात तथा प्रतिलिपी,संघ,संस्था नाबालक परिचयपत्र र राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरेको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा जारी सूचनामा कार्यालयका कर्मचारीलाई सङ्क्रमण देखिएका कारण सेवाग्रीको प्रत्यक्ष सम्पर्क हुने सेवाहरुलाई माघ १४ गते सम्मलाई स्थगित गरिएको जनाइएको छ ।
शान्ति सुरक्षा, विपद् , मुद्धा, राहदानी सम्बन्धि अत्यावश्यक सेवाहरु भने नियमित सञ्चालन हुने जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।











