मधेश प्रदेशकोे राजपत्रमा चुच्चे नक्सा गायब
मकवानपुर । दुई तिहाइभन्दा बढी मतले पारित भएको मधेश प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरेको छ ।
सूचना प्रकाशित भएको प्रदेश राजपत्रमा भने नेपालको नक्सा पुरानै राखिएको छ । मधेस सरकारले पनि गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ । संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले राजपत्रमा नयाँ चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेको हो ।
शुरुदेखि नै पुरानै नक्सा राखेर गतिविधि गर्दै आएकाले यस्तो भएको हुन सक्ने आन्तरिक मामिला तथा संचार मन्त्रालयका प्रवक्ता सुरेन्द्र महतोले बताए ।










