‘प्रचण्ड’ पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण पुष्टि
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ । पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन् ।
उनमा निमोनियासमेत देखिएको छ । सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोगबाट लामो समयदेखि पीडित छिन् ।










