थप ६ हजार ४ सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि

हेटौडा न्युज
९ माघ २०७८, आईतवार १६:५५
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४ सय ३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३ सय ७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । भने ४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*